+
+

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते ९:४३

१ मंसिर, विराटनगर । प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको छैटौं बैठक आज बस्दैछ । आज बस्ने बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वाको मत लिनेछन् ।

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमालेले बैठक स्थगित गर्न माग गर्‍यो । सत्ता पक्ष बैठक स्थगित गर्न तयार थिएन ।

सत्तापक्षको जोडबलमा बसेको  बैठकमा विश्वासको मत सम्बन्धित प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमै प्रवेश नगरी बैठक आज बिहान साढे ११ बजेसम्मका लागि स्थगित गरे ।

नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीका कारण आफ्ना सांसद आउन नसक्ने भन्दै मंगलबार एमालले बैठक स्थगित गर्न आग्रह  गरेको थियो ।

सत्ता पक्षको जोडबलमा बसेको बैठकमा  प्रतिपक्षी दल एमाले सहभागी भएन । प्रतिपक्षी सहभागी नभएपछि सभामुखले कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित गरेका थिए ।

आज बस्ने बैठकमा विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी छ ।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । पाँच दलीय सत्ता गठबन्धनसँग ५० जना सांसद् छन् ।  प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?