+
+

मकवानपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १०:२७

१ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ हनुमानगेट नजिक बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ११९३ नम्बरको बोलेरो गाडीले विपरीत दिशाबाट जाँदै गरेको ना ३४ प ६०४४ नम्बरको मोटरसाइकललाई गएराति पौने १ बजे ठक्कर दिंदा मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अविरल रिजालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका रिजाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो गाडी चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ ।

रामेछापमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

यसैगरी रामेछापको लिखुतामाकोशी गाउँपालिका १ बसेरीमा ना ६ त ७२८४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । ट्याक्टरमा सवार स्थानीय ५४ वर्षीय उद्धवराज पौडेलको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्याक्टरमा सवार २ जनाको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ ।

ट्याक्टर मंगलबार साँझ साढे ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय धोबीडाँडाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?