+
+

प्रधानन्यायाधीश जबराले तोके सबै खालका मुद्दामा पेसी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १२:०९

१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।

नौ इजलासमा पेसी तोकिंदा उनले आफ्नो लागि भने कुनै पनि इजलास तोकेका छैनन् ।

आज तोकिएकामध्ये सात संयुक्त र दुई एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।

प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद सदस्यमा भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरु बहस पैरवी रोकेर आन्दोलनमा छन् । आन्दोलनका कारण गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश राणासँग असन्तुष्ट रहेका न्यायाधीशहरु पनि इजलासमा बसेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?