+
+

न्यायाधीश रेग्मी र शर्मालाई थापाको चुनौती : प्रधानन्यायाधीशले घुस खाँदैनन् भन्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १४:३०

१ मंसिर, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा फर्किएका सर्वोच्च अदालतका दुई न्यायाधीश कुमार रेग्मी र मनोज शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले घुस खाँदैनन् भन्न चुनौती दिएका छन् ।

जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले बुधबार सर्वोच्च परिसरमा दिएको धर्नापछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता थापाले न्यायाधीशहरुलाई हतार–हतार इजलासमा फर्किनुअघि प्रधानन्यायाधीशलाई घुस खानु भएको छ कि छैन भनेर सोध्न आग्रह गरे ।

उनले न्यायाधीशद्धय रेग्मी र शर्माको नाम बारबाट गएको होइन कि होइन भनेर प्रश्न गरे । अहिले आन्दोलनरत बारबाटै गएको भने जवाफ दिनुपर्ने भन्दै उनले भने, दुई जनाले यहाँ आएर भन्नुस्, यिन (जबरा)ले घुस खाँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?