+
+
Shares

रौतहट कारागारमा कैदी मृत भेटिए

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७८ मंसिर १ गते १५:४५

१ मंसिर, रौतहट । जिल्ला कारागार रौतहटमा एक कैदी मृत अवस्थामा भेटिएका छन् । देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका कारागाराका निमित्त प्रमुख शम्भुप्रसाद यादवले बताए ।

२०७६ वैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

बुधबार साह शौचालय गएर लामो समयसम्म नआएपछि कैदी बन्दीहरु हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेका कारागारका निमित्त प्रमुख यादवले बताए ।

‘कारागारभित्रकै शौचालयमा उनी झुण्डिएको अवस्थामा अरु कैदीले देखेका रहेछन्, उनले भने, ‘शौचालय भित्र तौलियाले पासो लगाएको अवस्थामा फेला परेका साहलाई हामीले तत्कालै अस्पताल पुर्‍याएका थियौं ।’

तर जिल्ला अस्पताल गौरमा ल्याउँदा मृत्यु भइसकेको अस्पताले जनाएको छ । कैदी मृत्युको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?