+
+

कांग्रेसका डडेल्धुरा सभापति मल्ल सानेपामा बसे रिले अनसन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १७:२१

१ मंसिर, काठमाडौं । डडेल्धुराको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा रिले अनसनमा बसेका छन् ।

सभापति शेरबहादुर देउवा पक्षले एकतर्फी रुपमा वडा र पालिका अधिवेशन गरेको भन्दै जिल्ला सभापति मल्ल पक्षले पुनः अधिवेशन माग गर्दै आएको छ ।

जिल्लाको सिफारिस बिनै केन्द्रबाट क्रियाशील सदस्यता थप गरिएको भन्दै सभापति मल्ल पक्षले अधिवेशन बहिस्कार गरेको थियो । तर निर्वाचन समितिले भने अधिवेशन प्रक्रिया अगाडि बढाएपछि जिल्ला मल्ल पक्ष अन्दोलनमा उत्रिएको हो ।

११ दिन जिल्ला पार्टी कार्यालयमा अनसन बन्दा पनि सुनुवाइ नभएको भन्दै उनीहरु मंगलबार काठमाडौं आएर बुधबारदेखि अनसन सुरु गरेका हुन् ।

अनसनमा जिल्ला उपसभापति करुणाकर भट्ट, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष केशव सिंह, महाधिवेशन प्रतिनिधि हरि भट्टसहित स्थानीय नेताहरु सहभागी छन् । उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने बताए ।

डडेल्धुरामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । डडेल्धुरामा मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?