+
+

कानून व्यवसायीमाथि प्रहरीको बल प्रयोग, स्थिति तनावपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १०:५४

२ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको बल प्रयोगबाट नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत घाइते भएका छन् ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि पनि प्रहरीले हातपात गरेको छ ।

प्रधान्यायाधीश प्रवेश गर्ने गेटमा भेला हुन खोजेपछि कानून व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा स्थिति तनावपूर्ण भएको हो । प्रहरी र कानून व्यवसायीहरु दुबै पक्षले एकअर्कालाई संयमित हुन आग्रह गरेका छन् ।

दुवै पक्षबीच धकेलाधकेल भएको छ । धकेला धकेल हुँदा प्रहरीको एकजना डिएसपीको हातमा चोट लागेको छ ।

कानून व्यवसायीहरुले प्रहरी दमन मुर्दावादको नारा लगाइरहेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध पनि आक्रामक नारा लगाएका छन् ।

प्रहरीको घेरा तोड्दै कानून व्यवसायीहरु मुख्य रजिष्ट्रारको कार्यालय छिर्ने स्थान नजिक पुगेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीको टोली थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?