
२ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कानून व्यवसायीलाई रोक्न हतियारसहितका प्रहरी खटाइएको छ । प्रहरी टोलीमा एसएलआर बोकेका जवानहरु छन् ।
उनीहरु अग्रमोर्चामा रहेका प्रहरीको सहयोगका लागि पछाडिपट्टी तैनाथ भएको देखिन्छ ।
एसएलआर बोकेका टोलीमा एसटीएफ (स्पेशल टास्क फोर्स) लेखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको सुरक्षामा पनि स्पेशल टास्क फोर्स खटिएको हुन्छ ।
कानून व्यवसायीको प्रदर्शनमा एसएलआरसहितको टोली देखिएको पहिलोपटक हो । यसअघिका प्रदर्शनमा यस्तो नदेखिएको कानून व्यवसायीहरु बताउँछन् ।
प्रहरीहरुले अश्रुग्यास प्रहार गर्ने बन्दुक र दंगा नियन्त्रणमा उपयोग गरिने अन्य उपकरण पनि बोकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4