+
+

अमेरिकी सहायक विदेशमन्त्री टिचिङ अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १०:४६

२ मंसिर, काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर फाइजर खोप केन्द्र अवलोकन गरेका छन् ।

तीन दिने नेपाल भ्रमणको क्रममा रहेका सहायकमन्त्री लुले आज बिहान शिक्षण अस्पताल पुगेर कोरोना विरुद्धको फाइजर खोप अभियानको अवलोकन गरेका हुन् । सो अवसरमा सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरे ।

खोपकेन्द्र अवलोकन कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा, नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी लगायत पनि सहभागी थिए ।

अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० डोज गत कात्तिक आठ गते काठमाडौं आएको थियो । सो खोपको पहिलो मात्रा अपांगता भएका १२ वर्षमाथिका बालबालिकाहरुलाई गत कात्तिक २८ गतेबाट दिन सुरु गरिएको छ ।

तीनदिने नेपाल भ्रमणका लागि गत बुधबार काठमाडौं आएका लुले आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तामा नेपालमा दुई देशबीचको सम्बन्धका साथै अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना लगायतका विषयमा कुराकानी हुने छ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?