+
+

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्रीलाई भेट्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते ८:१५

२ मंसिर, काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री देउवासँग आज बिहीबार बालुवाटारमा भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले पनि आज अमेरिकी सहायक विदेशमन्त्रीसँग प्रधानमन्त्रीको भेटवार्ता हुने जानकारी दिएको छ ।

लुले शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा लुनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकनसमेत गर्नेछन् ।

अमेरिकी राजदूतावासले जारी गरेको विज्ञप्तिमा सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने उल्लेख छ ।

आजै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम छ । उनले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।

नेपालमा एमसीसी परियोजनाबारे विवाद बढिरहेका बेला अमेरिकाका दुई उच्च अधिकारीको नेपालमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment