+
+

सरोगेसीबाट जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रीति

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १२:५१
फाइल तस्वीर

२ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । ४६ वर्षीया प्रीतिले सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्रामबाट प्रीतिले यो कुराको जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’

प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’

प्रीतिले १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फ्रेब्रुअरी २९ तारिखमा विवाह गरेकी थिइन् । विवाहको करिब ६ महिनापछि मात्र उनले बिहेको तस्वीर सार्वजनिक गरेकी थिइन् । प्रीति सन् १९९८ मा रिलिज भएको चलचित्र ‘दिल’बाट बलिउडमा प्रवेश गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?