२ मंसिर, काठमाडौं । नेपालको राष्ट्रिय भलिबल टिमको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक हान अबिङ काठमाडौं आइपुगेका छन् ।
आगामी डिसेम्बरमा बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि हान काठमाडौं आएका हुन् । उनी यसअघि पनि नेपाल आइसकेका छन् ।
यसअघि नेपालमै भएको पुरुष सेन्ट्रल जोनमा हानले नेपाली पुरुष टिमलाई प्रशिक्षण दिएका थिए ।
विदेशी प्रशिक्षकको लागि खर्च भलिबलको अन्तर्राष्ट्रिय संस्था एफआईभिबीले नै सहयोग गर्दै आएको छ र यस पटक पनि त्यो सहयोगले निरन्तरता पाउने छ ।
यसअघि पनि एफआईभीबीकै सहयोगमा नेदरल्याण्ड्सका प्रशिक्षकहरु नेपाल आएर विभिन्न प्रतियोगितामा नेपाललाई प्रशिक्षण गराइसकेका छन् ।
२०७४ सालमा नेदरल्याण्ड्सका म्यान भान विजल आएका थिए । उनको प्रशिक्षणमा नेपालले बंगलादेशसंग मैत्रीपूर्ण खेल खेलेको थियो ।
प्रतिक्रिया 4