+
+

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते २०:२७

२ मंसिर, काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १०० फिट तल खसेको हो ।

दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिए ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर र अरुको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

उपचारका लागि ३ जनालाई जिल्ला अस्पताल लिबाङ ल्याइएको छ भने अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?