+
+

‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १४:५६

३ मंसिर, काठमाडौं । ‘चपली हाइट ३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी निर्माण टिमले चलचित्रको २ मिनेट ३६ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो ।

यो चलचित्र पुस २ गते रिलिज हुँदैछ ।  सार्वजनिक ट्रेलरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका अधिकांश कलाकारहरुलाई देखाइएको छ । अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको हो ।

चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका छन् ।

‘चपली हाइट ३’ले २०७६ चैत २८ गतेका लागि प्रदर्शन मिति तोकेको थियो । तर, कोरोना महामारीका कारण यो चलचित्र सो मितिमा प्रदर्शन हुन सकेको थिएन । ‘चपली हाइट’का यसअगाडिका सिरिज सफल मानिन्छन् । ‘चपली हाइट ३’ले पनि दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?