+
+

हुण्डी कारोबारको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध राजस्व छलीको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १५:३०

३ मंसिर, काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा अमेरिकी डलरसहित पक्राउ परेका ४ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

काठमाडौंको गोल्डेन लिफ होटलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ, ९ सय अमेरिकी डलर र ६ सय चिनियाँ यूआनसहित पक्राउ परेका उनीहरुलाई उच्च अदालत पाटनमा विगो र जेल सजाया माग दाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

हुण्डी कारोबारको आशंकामा विकास मित्तल, कमल मित्तल, गणेश पौडेल र समुन्द्र पौडेललाई होटलबाट पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विभागमा बुझाएको थियो । अनुसन्धानका क्रममा बरामद भएको रकमको स्रोत वैध नदेखिएको र राजश्व छली गरेको दावीसहित विभागले मुद्दा दायर गरेको हो ।

विभागले प्रतिवादी विकास मित्तललाई ३ करोड ९२ लाख ९१ हजार ५३९, गणेश पौडेललाई एक करोड ९५ लाख ६१ हजार ७३५ विगो कायम गरेको छ । यस्तै समुन्द्र पौडेल र गणेश पौडेलको कम्पनीको हकमा दुवै जनालाई थप एक करोड ९ लाख ७० हजार १५३ रुपैयाँ विगो दाबी गरिएको छ । अर्को प्रतिवादी कमल मित्तलको हकमा विभागले १४ लाख ४७ हजार ९५४ रुपैयाा विगो र हदैसम्मको कैद सजाय माग गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?