
३ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको वार्ता प्रस्तावलाई अस्वीकार गरेको छ र, थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रधानन्यायाधीश जबराले आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई शुक्रबार पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए ।
शुक्रबार नै बसेको बारको बैठकले जबराले राजीनामा दिनुपर्ने अडान कायम राख्ने र वार्ता नगर्ने निर्णय गरेको छ । साथै आइतबार देशभरका अदालतमा कानुन व्यवसायीहरुले बहस पैरवी नगर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।
उनका अनुसार सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई ज्ञापनपत्र र प्रधानन्यायाधीश जबरामाथिको आरोप पत्र बुझाइने छ ।
मंगलबार कानून व्यवसायीहरुले देशभरका अदालतमा कुनैपनि मुद्दा दर्ता नगरी सांकेतिक विरोध गर्नेछन् । तर हदम्यादको अन्तिम दिन भएका मुद्दा भने दर्ता गर्न छुट दिने निर्णय भएको छ ।
बुधबार केन्द्रीय बारबाट प्रतिनिधि पठाई उच्च अदालत केन्द्रित धर्ना हुनेछ भने बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित धर्ना हुनेछ ।
साथै सर्वोच्च अदालतमा प्रदर्शनलाई निरन्तरता दिने बार एशोसिएसनले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4