
४ मंसिर, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नै गान निर्माण गरेको छ । देशभरका पालिकाले आफ्नै लोगो र गान निर्माण गर्ने प्रयास गरिरहँदा फेदीखोला स्याङ्जा जिल्लामा गान निर्माण गर्ने पहिलो पालिका बनेको हो ।
पालिकाभित्रका ३८ जना प्रतिस्पर्धीको छनोटबाट वडा नं. ४ का हुमनाथ शर्माले रचना गरेको गीतलाई छनोट समितिको सिफारिस अनुसार कार्यपालिकाको बैठकबाट स्वीकृत गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
गाउँपालिकाको गीतलाई अब गाउँपालिकाभित्रका विद्यालय र सार्वजनिक कार्यक्रममा प्रयोगमा ल्याइने सुवेदीले बताए । गीतमा गाउँपालिकाभित्रको धर्म, संस्कृति, भौगोलिक विशेषतालाई समेटिएको छ ।
आफ्नै स्थानीय पाठ्यक्रमसमेत बनाएको फेदीखोला गाउँपालिकाले मजदुर सञ्चयकोष, कृषि एम्बुलेन्स लगायतका लोकप्रिय कार्यक्रम पनि सन्चालन गरेको छ ।
गत कात्तिक २७ गते सार्वजनिक फेदीखोला गाउँपालिको गीत यस्तो छ–
प्रतिक्रिया 4