+
+

कांग्रेस मोरङको क्षेत्रीय अधिवेशनमा पौडेल-कोइराला पक्ष हाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते ११:३९

५ मंसिर, विराटनगर । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तरगत मोरङमा भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा संस्थापनइतर पक्ष हाबी भएको छ । आइतबार प्राप्त मत परिणाम अनुसार मोरङमा डाक्टर शेखर कोइराला र रामचन्द्र पौडेल पक्ष बलियो देखिएको हो ।

मोरङका १२ प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये १० स्थानमा कोइराला-पौडेल पक्षका उम्मेद्वार विजयी भएका छन् । देउवा पक्षका उम्मेद्वार दुई स्थानमा सर्वसम्मत सभापतिमा चुनिए ।

१२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत भएको थियो । क्षेत्र नम्बर ५ को (१) र (२), क्षेत्र नम्बर १ को (२) र क्षेत्र नम्बर २ को (१) मा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

आठवटा क्षेत्रमा सभापति चयन गर्न शनिबार निर्वाचन भएको थियो । मोरङ निर्वाचन क्षेत्र नम्बर १ (१) मा नरबहादुर तामाङ निर्वाचित भएका छन् । १ को (२) मा राजकुमार लामा सर्वसम्मत सभापति चुनिएका थिए ।

यसैगरी निर्वाचन क्षेत्रन नम्बर २ (२) देवेन्द्र बस्नेत विजयी भएका छन् । २ को (१) मा कन्यैहालाल राजवंशी सर्वसम्मत सभापति चुनिएका थिए ।

निर्वाचन क्षेत्र नम्बर ३ (१) गंगा याक्खा र (२) जगतलाल चौधरी सभापतिमा निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ४ (१) मा एकाराम माझी र (२) मा सुबोध निरौला निर्वाचित भएको कांग्रेस सचिव मोदराज घिमिरेले बताए ।

निर्वाचन क्षेत्र नम्बर ५ (१) अचानु खाँ गन्गाई र (२) जितु साह निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सभापति कांग्रेस नेता अमृत अर्याल निकट हुन् । अर्याल सभापति शेरबहादुर देउवा समूहमा छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (१) दिपक भगत र (२) मधुवाबु तिवारी विजयी भएका छन् । दुवै कोइराला पक्षधर हुन् ।

कांग्रेस सचिव घिमिरेका अनुसार मोरङको मत परिणामअनुसार जिल्लामा पौडेल-कोइराला समूह दह्रो देखिएको छ ।

निर्वाचनबाट हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट जम्मा १९२ जना अधिवेशन प्रतिनिधि छानिएका छन् ।

मोरङमा तीन हजार ५५१ क्षेत्रीय प्रतिनिधि छन् । मोरङको प्रतिनिधिसभा क्षेत्र नं १ (१) मा २८३ र (२) मा ३७६, क्षेत्र नं. २ (१) मा २९८ र (२) मा ३८४,  क्षेत्र नं.३ (१) २५९ र (२) २६०, क्षेत्र नं. ४ (१) ३५२ र (२) मा ३३८, क्षेत्र नं. ५ (१) २४६ र (२) १९७, निर्वाचन क्षेत्र नम्बर ६ (१) ३०४ र (२) मा २५४ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?