
५ मंसिर, काठमाडौं । भारत, अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णले कोरम नपुगेकाले आगामी १७ गते अर्को बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको जानकारी दिए ।
१५ सदस्यीय समिति हो । तर यही समितिमा रहेका ४ जना मन्त्री भएपछि उक्त ठाउँ खाली छ र बाँकी रहेको ११ मा कोरम पुग्नका लागि ६ जना उपस्थित हुनुपर्नेमा सभापतिसहित ५ जना मात्रै उपस्थित भएका थिए ।
आइतबारको बैठकमा भारत, अमेरिका र बेलायतमा नियुक्तिका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गर्ने भनिएको थियो । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4