+
+

वाणिज्य विभागको महानिर्देशकमा प्रेमकुमार श्रेष्ठ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १३:३८

५ मंसिर, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा प्रेमकुमार श्रेष्ठ नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आपूर्ति महाशाखा प्रमुख रहेका श्रेष्ठलाई सचिव स्तरीय निर्णयबाट विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

तत्कालिन महानिर्देशक प्रकाश पौडेल सरुवा भएपछि विभाग डेढ महिनादेखि नेतृत्वविहीन थियो । एक दिन पनि खाली राख्न नपाइने अर्धन्यायिक निकायलाई मुख्य चाडपर्वकै समयमा नेतृत्वविहीन बनाइएको भन्दै उपभोक्ता अधिकारकर्मीहरु सरकारप्रति रुष्ट थिए । मन्त्रालयमा मन्त्री नभएका कारण महानिर्देशक पठाउन नसकेको भन्दै मन्त्रालयले डेढ महिनादेखि विभाग निमित्तको भरमा सञ्चालन गरेको थियो ।

श्रेष्ठले अइतबारदेखि विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका हुन् । स्वदेशी व्यापार विस्तारमा सहयोग, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र उपभोक्ता हित संरक्षण एवं स्वच्छ बजार कायम गर्न आफूले अधिकतम् काम गर्ने महानिर्देशक श्रेष्ठको भनाइ छ ।

देशमा संघीय प्रणाली कार्यान्वयनमा आएपछि पाका सहसचिव प्रदेश खटाउने सरकारी नीतिअनुसार श्रेष्ठ लामो समय प्रदेश २ मा रहेर काम गरेका थिए । प्रदेश २ मा खर्च गर्ने कानुनी थिती बसाउन महत्वपूर्ण योगदान गरेका श्रेष्ठले कोभिड–१९ को दोस्रो लहरमा देखिएको अक्सिजन अभाव सहजीकरण गर्ने कार्यदलमा रहेर काम गरेका थिए । देशभरको अक्सिजन अभाव टार्ने कार्यदलको नेतृत्व श्रेष्ठले नै गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?