+
+

चीन साना छिमेकीको असल साथी हो : सी जिनपिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १२:२८

६ मंसिर,काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले साना मुलुकलाई नधम्क्याउने बताएका छन् ।

सोमबार दक्षिणपूर्वी एसियाली राष्ट्र (आसियान) को सम्मेलनमा बोल्दै सीले आफ्ना क्षेत्रीय छिमेकीलाई चीनले नधम्क्याउने बताएका हुन् । ‘चीन आसियानको एउटा असल छिमेकी, साथी र साझेदार थियो, हो र सँधै हुनेछ’ सीलाई उदृत गर्दै चिनियाँ सरकारी समाचार माध्यमले लेखेको छ ।

ठूलो चीनले साना मुलुकलाई दबाब नदिने र ‘हस्तक्षेप’ अन्त्य गर्नका लागि दक्षिणपूर्वी एसियाली मुलुकसँग सहकार्य गर्ने समेत सीको भनाइ थियो । दक्षिणी चिनियाँ सागरमा आसियान राष्ट्रसँग बढ्दै गएको तनावबीच सीले उक्त कुरा बताएका हुन् ।

दक्षिणी चिनियाँ सागरमा आफ्नो दाबी गरिरहेको चीनका कारण अमेरिका र जापान समेत सतर्क बन्न पुगेका छन् । उक्त क्षेत्रमा भियतनाम, फिलिपिन्स, ब्रुनाइ, ताइवान र मलेसियाले दाबी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?