+
+

‘बन्टी और बब्ली २’लाई खराब समीक्षा, कमजोर व्यापार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १२:४६

६ मंसिर, काठमाडौं । चलचित्र ‘सूर्यवंशी’ले उत्साहजनक व्यापार गरेपछि चलमलाएको बक्स अफिस अर्को चलचित्र ‘बन्टी और बब्ली २’को व्यापारले भने सुस्ताएको छ ।

यशराज ब्यानरले निर्माण गरेको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रको समीक्षा खराब आएपछि यसको व्यापारमा पनि प्रत्यक्ष प्रभाव परेको छ ।

यो चलचित्रको पहिलो हाफ जसोतसो अगाडि बढेपनि दोस्रो हाफ भने निक्कै कमजोर रहेको समीक्षा आइरहेको छ । समीक्षक र दर्शकबाट नै फितलो समीक्षा पाएका कारण रानी मुखर्जी, सैफअली खान लगायतका कलाकारको अभिनय रहेको चलचित्रले शुक्रबार २.६० करोड भारुको मात्रै व्यापार गर्न सक्यो ।

शनिबार चलचित्रले २.५० करोडको कमाइ गरेको छ । आइतबारको व्यापार सार्वजनिक नभएपनि चलचित्र बक्स अफिसमा पूर्ण रुपमा असफल हुने देखिएको छ ।

यसको पहिलो सिरिजले भने दर्शकको उत्साहजनक साथ पाएको थियो । तेस्रो सातामा पनि ‘सूर्यवंशी’को व्यापार भने ‘बन्टी और बब्ली २’को भन्दा माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?