६ मंसिर, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई १०५ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हङकङले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनाएको हो ।
खराब सुरुवात गरेको नेपालका लागि सीता राना मगर र इन्दु बर्माले सम्हालिएर ब्याटिङ गरेका थिए ।
सीताले ४० तथा इन्दुले ३१ रन बनाइन् । हङकङका बेटी चान र क्यारी चानले एक एक विकेट लिए ।
प्रतिक्रिया 4