+
+

बजाज डोमिनार २५० का चालकलाई ५ दिनको राइड जोमसोममा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १३:४८

काठमाडौं । बजाज डोमिनार २५० का चालकहरुका लागि जोमसोममा ५ दिनको डोमिनार राइड सञ्चालन हुने भएको छ ।

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालि(बजाज मोटरसाइकल) र डोमिनारको आधिकारिक विक्रेताले मंसिर ८ देखि १२ गतेसम्म डोमिनार राइड सञ्चालन गर्न लागेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

डोमिनार चालकहरुका लागि तयार पारिएको ५ दिने अल पेड ट्रिपमा रोमाञ्चक र आफ्नै कथाको अभूतपूर्व मिश्रण हुने आयोजकको दावी छ । राइड योर ओन स्टोरिजको थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्ने कम्पनीको बुझाइ छ । कम्पनीका अनुसार यस राइडको सम्पूर्ण खर्च व्यहोर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?