+
+

महिला अभिनित ‘शो’ र चलचित्र प्रसारण नगर्न तालिबानको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १३:५७

६ मंसिर, काठमाडौं। तालिबानले अफगानिस्तानका टेलिभिजन च्यानललाई ‘अनैतिक देखिने’ र महिना अभिनित कार्यक्रम टेलिभिजनमा प्रसारण गर्न नपाइने भन्दै निर्देशन जारी गरेको छ ।

आइतबार तालिबानले अफगानिस्तानका टेलिभिजन च्यानललाई विभिन्न धार्मिक निर्देशिका जारी गर्दै महिलाले अभिनय गरेका कार्यक्रम तथा टेलीश्रृंखला प्रसारण नगर्न भनेको हो । निर्देशिकालाई बाध्यात्मक आदेश भन्दा पनि ‘धार्मिक निर्देशिका’को रुपमा लिनुपर्ने पनि तालिबानको भनाइ छ ।

तालिबानको सदाचार प्रवर्द्धन तथा दुष्कर्म रोकथाम मन्त्रालयले जारी गरेको निर्देशिकामा ८ वटा नियम छन् । यसमध्ये इस्लामिक वा अफगान मूल्य-मान्यताविपरीतका चलचित्र वा शोमाथि प्रतिबन्ध लगाउनुपर्ने नियममा उल्लेख छ ।

त्यस्तै, पैगम्बर मोहम्मद वा सम्मानित अन्य धार्मिक व्यक्तिलाई टेलिभिजनमा देखाउन नहुने समेत निर्देशिकामा भनिएको छ । मन्त्रालयद्वारा जारी निर्देशिकाअनुसार इस्लाम धर्म वा शरिया कानुनको अपमान गर्ने वा अफगानिस्तानको अपमान गर्ने खालका हास्य एवं मनोरञ्जनात्मक सामग्री पनि टेलिभिजनमा देखाउन पाइने छैन ।

टेलिभिजनमा पुरुषको नग्न शरीर देखाउने समेत अनुचित भएको मन्त्रालयको भनाइ छ । यसबाहेक, मन्त्रालयको निर्देशिकामा टेलिभिजनका महिला पत्रकार तथा प्रस्तोताले हिजाब लगाएर मात्रै कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

यसअघि अमेरिकी सेनाको बहिर्गमनसँगै २० पछि पुन: सत्तामा आएको तालिबानले महिलालाई विद्यालय जानबाट रोकेको थियो । तालिबानले १९९० को दशकमा समेत आफ्नो सत्ता हुँदा महिलालाई शिक्षा लिन र काम गर्नबाट बञ्चित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment