+

आर्मीसँग बराबरीपछि पुलिसका प्रशिक्षकले भने : खेलाडीले मिस्टेक गरे

२०७८ मंसिर  ६ गते १८:४२ २०७८ मंसिर ६ गते १८:४२
आर्मीसँग बराबरीपछि पुलिसका प्रशिक्षकले भने : खेलाडीले मिस्टेक गरे

६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल बराबरीमा सकियो । बराबरीपछि दुवैले टोलीले एक एक अंक जोड्दै लिग सुरु गरेका छन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा सन्तोष हेमरुनले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर ६१ औं मिनेटमा आर्मीका लागि विवेक बस्नेतले बराबरी गोल फर्काए ।

खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले लगभग ३ अंक आइसकेको खेलमा एउटा मिस्टेकले गोल खानुपरेको बताए ।

‘स्पिडी गेम थियो । हामीले ३ अंक लगभग पाइसकेका थियौँ । तर खेलाडीको मिस्टेकले गोल भयो’ थापाले पोष्ट म्याच कन्फ्रेन्समा भने, ‘हामी ३ अंक लिन आएको थियौँ । पहिलो खेलमा लास्ट सिजनको उपविजेता टिमसंग १ अंक लिनु पनि राम्रै हो ।’

आर्मीका सहायक प्रशिक्षक राजु तामाङले पनि बराबरीबाट सन्तुष्ट नै रहेको बताए । ‘समग्रमा गेम राम्रै भयो । अट्याकिङ राम्रै थियो । खेलबाट सन्तुष्ट नै छु’ उनले भने ।

सहायक प्रशिक्षक तामाङले अझै गोल गर्न सक्ने अवस्था भए पनि फरवार्डहरु चुकेको बताए । विपक्षीको कमजोरी हेरेर त्यही अनुसार खेलेको उनले बताए ।

आर्मीले खेलमा दोस्रो गोल गरेपनि त्यसलाई रेफ्रीले अफसाइड दिएका थिए । उनले टेकबहादुर बुढाथोकीले ८७ औं मिनेटमा गरेको गोल अफसाइड छैन जस्तो लागेको तर नेपालमा भीएआर जस्तो टेक्निकल टिम नभएकाले थाहा नहुने बताए ।

अनन्त थापा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय