+
+

आइफोन १२ नि:शुल्क मर्मत गरिदिने एप्पलको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते ८:२४

एप्पलले आइफोन १२ सिरिजका लागि नि:शुल्क सर्भिसिङ कार्यक्रमको घोषणा गरेको छ । यो नि:शुल्क मर्मत कार्यक्रम आइफोन १२ तथा आइफोन १२ प्रो मा उपलब्ध हुनेछ ।

आइफोन १२ सिरिजका प्रयोगकर्ताले आफ्नो आइफोनमा आवाजमा समस्या आइरहेको तथा फोनमा कुरा गर्दा आवाज नसुनिने लगायतका गुनासो गरेका छन् । प्रयोगकर्ताको गुनासोसँगै एप्पलले यो नि:शुल्क मर्मत कार्यक्रको घोषणा गरेको हो । अब आइफोन १२ तथा १२ प्रो का ग्राहकले नि:शुल्क रुपमा आफ्नो आइफोनको मर्मत गराउन पाउनेछन् ।

वास्तवमा आइफोन १२ तथा आइफोन १२ प्रोका कतिपय प्रयोगकर्ताले केही समयदेखि आइफोनको स्पिकरमा समस्या भोगिरहेका थिए । यद्यपि यो समस्या आइफोन १२ सिरिजका आइफोन १२ मिनी र आइफोन १२ प्रो म्याक्समा भने देखिएको छैन ।

खासगरी सन् २०२० को अक्टोबरदेखि सन् २०२१ को अप्रिलसम्ममा उत्पादन भएको आइफोन १२ तथा १२ प्रो मा यो समस्या देखिएको छ । रिसिभर मोड्यूलको कुनै भागमा समस्या आएर यस्तो भएको हुन सक्ने एप्पलले जनाएको छ ।

आइफोन १२ तथा आइफोन १२ प्रोको स्पिकरमा समस्या झेलिरहेका प्रयोगकर्ताले अब एप्पलको कुनै पनि  आधिकारिक स्टोरमा गएर आफ्नो फोन नि:शुल्क रुपमा मर्मत गराउन सक्नेछन् ।

एप्पलले केही दिनअघि नै पहिलोपटक सेल्फ रिपेयर प्रोग्राम सुरुआत गरेको थियो । यो कार्यक्रम अन्तरगत प्रयोगकर्ताले एप्पलका ओरिजिनल पाटपुर्जा खरीद गर्न सक्ने र आफ्नो आइफोन वा म्याकबुक आफै मर्मत गर्न सक्नेछन् ।

आम प्रयोगकर्तालाई बजारमा एप्पल डिभाइसका सक्कली पाटपुर्जा उपलब्ध गराएको यो पहिलो पटक हो । योसँगै ग्राहकले बजारबाट स्पेयर पार्टस् खरीद गरी म्यानुअलको सहयोगमा फोन वा ल्यापटप मर्मत गर्न सक्नेछन् ।

एप्पलका अनुसार आइफोन १२ तथा १३ का डिस्प्ले, ब्याट्री तथा क्यामरा मर्मत गर्ने २०० थरी पार्टस् तथा टूल्ससँगै एप्पलले पाटपुर्जा बिक्री सुरु गर्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?