
स्मार्ट टेलिभिजनको विश्व बजारमा दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो पहिलो स्थानलाई अझै मबजुत बनाएको छ ।
सन् २०२१ को तेश्रो त्रैमासिकमा भएको स्मार्ट टेलिभिजनको बिक्रीमा पनि सामसुङले अन्य ब्राण्डलाई निकै पछाडि छाडेको हो ।यो सूचीमा अर्को दक्षिण कोरियाली ब्राण्ड एलजी दोश्रो नम्बरमा रहेको छ ।
तेश्रो त्रैमासिकमा विश्व स्मार्ट टेलिभिजन मार्केटमा सामसुङको बजार हिस्सा ३०.२ प्रतिशत पुगेको छ । जबकि एलजीको बजार हिस्सा १८.४ प्रतिशतमा झरेको छ ।
यस हिसाबले विश्वको स्मार्ट टेलिभिजन बजारमा यी दुई दक्षिण कोरियाली ब्राण्डले संयुक्त रुपमा झण्डै आधा हिस्सा अर्थात् झण्डै ४९ प्रतिशत हिस्सा कब्जा गरेको देखिएको छ ।
१६ वर्षदेखि निरन्तर
मार्केट रिसर्च फर्म Omdia को रिपोर्ट अनुसार तेश्रो त्रैमासिकमा सामसुङ इलेक्ट्रोनिक्सले विश्व बजारमा कुल तीन करोड गोटा स्मार्ट टेलिभिजन बिक्री गर्न सफल भयो । यस अवधिमा एलजीले जम्मा ६४ लाख गोटा स्मार्ट टिभी बिक्री गरेको छ ।
स्मरण रहोस् पछिल्लो १६ वर्षदेखि विश्व स्मार्टफोन बजारमा सामसुङ नम्बर वान रहँदै आएको छ । सामसुङका प्रिमियम टिभी लाइनअपमा NEo QLED TV tyf Lifestyle TV लगायतका ब्राण्ड रहेका छन् ।
तेश्रो त्रैमासिकमा सामसुङले ६२ लाख गोटा क्यू एलइडी टेलिभिजन बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.८ प्रतिशतले बढी हो । यस वर्ष सन् २०२१ मा सामसुङले कुल एक करोडभन्दा धेरै क्यू एल इ डी टेलिभिजन बिक्री गर्नसक्ने प्रक्षेपण गरिएको छ ।
उता एलजीको क्यू एल इ डी टेलिभिजनको बिक्रीमा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत वर्षको तुलनामा एलजीको क्यू एल इ डी टिभीको बिक्रिमा ८० प्रतिशतको वृद्धि देखिएको छ । तेश्रो त्रैमासिकमा एलजीले ८ लाख ९९ हजार ओएलइडी टिभी सेट बिक्री गरेको छ । यो तेश्रो त्रैमासिकमा अहिलेसम्मकै बढी बिक्री हो ।
एजेन्सी
प्रतिक्रिया 4