+
+

हुस्सुले आन्तरिक हवाई उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १०:५८

७ मंसिर, काठमाडौं । विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेसँगै आन्तरिकतर्फको उडान आज बिहानैबाट प्रभावित भएको छ ।

कम भिजिविलिटीका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरु डिले (ढिलाइ) भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

बुद्ध एयरले पनि यी गन्तव्यको उडान सुरु हुन नसकेको जानकारी यात्रुहरुलाई गराएको छ । प्रतिकूल मौसम र कम भिजिविलिटीका कारण कतिपय विमानस्थल ढिला खुलेको र कतिपय अझै नखुलेको भन्दै कम्पनीले यसले उडान प्रभावित भएको जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार अन्य विमानस्थलमा भने उडान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?