+
+

छोरालाई एसिड हानेको आरोपमा बाबु पक्राउ

छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १२:५१

७ मंसिर, सोलुखुम्बु । छोरालाई एसिड हानेको आरोपमा बाबु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली रहेका छन् ।

२५ वर्षीय छोरासहित २ जनालाई एसिड हानेर घाइते बनाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि काठमाडौंको बीर अस्पतालमा पठाइएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?