+
+

नेपालले आज भुटानसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १३:१९

७ मंसिर, काठमाडौं । युएईमा भइरहेको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले मंगलबार भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमै हङकङसँग पराजित भएको नेपाल भुटानलाई हराउँदै अंक जोड्ने योजनामा छ । ६ टोली सम्मिलित छनोटबाट शीर्ष टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् । त्यसका लागि नेपालले अब बाँकी सबै खेल जित्नुपर्नेछ ।

भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । नेपाल भने पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?