+
+

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुल्यो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १४:४८

७ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरिएको हो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्नेछ । बोर्डले ४ सय फाराम शुल्क तोकेको छ भने फाराम बुझाउन नसक्ने विद्यार्थीको लागि दोब्बर शुल्क तिरेर पुस मसान्तभित्र बुझाउन सक्ने जनाएको छ ।

यस्तै सम्बन्धित विद्यालयले माघ ७ गतेभित्र बैंक भौचर र रजिष्ट्रेशन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्नेछ ।

कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह, विषय कोड अनुरुप एक समूहबाट एक विषयमात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ ।

रजिष्ट्रेशन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेटसिटको प्रतिलिपि पनि साथै समावेश गर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?