+
+
Shares

सुनको मूल्य किन भइरहेको छ घटबढ ?

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ मंसिर ७ गते २१:१०

७ कात्तिक, काठमाडौं । गत कात्तिक ३० गते नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुग्यो । त्यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तोकेको थियो ।

तर यो मूल्यवृद्धि एक साता पनि टिकेन । सामान्य घटबढ हुँदै आठ दिनपछि सुनको मूल्य तोलामा २५ सय रुपैयाँ सस्तियो । बजारमा उच्च खरीद ब्रिकीको मुख्य सिजनमै उतार चढाव देखिँदा उपभोक्ताहरु सुन किन्न हिच्किचाइरहेका छन् ।

आन्तरिक बजारको मूल्य उतारचढाव

३० कात्तिकमा प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तोकिएको सुनको मूल्य मंसिर १ गते ९४ हजार ३ सय रुपैयाँमा झर्‍यो ।

दुई गते तोलामा दुई सय रुपैयाँ बढेको सुन ३ गते पुनः एक सय रुपैयाँले घट्यो । मंसिर ५ गते तोलामा ७ सय रुपैयाँले घटेको सुनको मूल्य ६ गते पुनः दुई सय रुपैयाँले बढ्यो ।

तर, ७ मंसिरमा सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घट्न पुग्यो । व्यसायीहरुका अनुसार विवाहको लगन भएको महिनाका कारण बजारमा दैनिक ३० देखि ३५ किलो सुनको कारोबार भइरहेको छ ।

किन घट्दैछ सुनको मूल्य ? 

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अहिले सुनको मूल्य घट्नु र बढ्नुको खास कारण छैन । अन्तर्राष्ट्रिय बजारमा डलर र कच्चा तेलले मूूल्य र फेडरल बैंकहरुको ब्याजदरसंग प्रत्यक्ष जोडिने सुनको मूूल्य यसपटक उल्टो देखिएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

विश्वमा सुन धेरै खपत गर्ने मुलुकमध्ये एक भारतमा यस वर्ष सुनको माग कम भएकोबाहेक सुन बजारलाई प्रभावित पार्ने अरु कुनै घटना नदेखिएको उनले बताए ।

‘कच्चा तेलको मूल्य सस्तो हुँदा डलरको भाउ बढ्थ्यो, डलर महँगो हुँदा सुनको भाउ घट्थ्यो तर अहिले सुन र डलरको भाउ दुवै उतार चढाबपूर्ण छ’ महासचिव बज्राचार्य भन्छन्, ‘एक साताअघि बढ्नुमा पनि कारण थिएन अहिले घट्नुमा पनि खास कारण हामीले पहिल्याउन सकेका छैनौं ।’

के सुनको भाउ घट्दैछ ?

मंगलबार एकै दिन तोलामा २५ सयले घटेको सुनको भाउ बुधबार पनि ओरालो लाग्ने क्रममा देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा यो समाचार तयार पार्दासम्म सुनको भाउ घटेर प्रतिऔंस १७ सय ८९ डलरमा झरेको छ ।

सोमबार राति एकै दिन सुनको मूल्य प्रतिऔंश ४० डलरले घटेको थियो । यो समाचार तयार पार्दासम्म सुनको भाउ एकै दिन १३ अमेरिकी डलर प्रतिऔंशमा घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार हरेक दिन बिहान १० बजेको अन्तराष्ट्रिय मूल्यअनुसार नेपाली मूल्य निर्धारण हुनेछ । सोमबार बेलुकीसम्मको मूूल्य गिरावटले अझै सुनको मूल्य घट्ने संकेत गरेको महासंघले जनाएको छ ।

दैनिक २३ करोडको सुन बिक्री

बजार अहिले दैनिक ३० किलो सुनको खरीद बिक्री भइरहेको छ । जसको आजको बजार मूल्य २३ करोड ७३ लाख रुपैयाँ भन्दा धेरै हने महासंघले जनाएको छ ।

सरकारले दैनिक २० किलो सुनको आयात कोटा जारी गरेपनि तिहार लगत्तै केही दिन बजारमा बिक्रि नभएको सुनका कारण अहिलेको माग पुर्ति भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

‘एक सातामा बजारमा थुप्रिएको करिब १४० किलो सुन र त्यसपछिका दैनिका आयातले अहिले माग धानिरहेको छ,’ अध्यक्ष शाक्यले भने । एक किलो सुनमा ८५.७३ तोला सुन हुन्छ । जसको सोमबारको प्रतितोला मूल्य ९२ हजार ३ सय रुपैयाँ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?