+
+

माओवादी केन्द्र रुपन्देही इञ्चार्ज बन्जाडेको बसको ठक्करबाट मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७८ मंसिर ८ गते ७:४८

८ मंसिर, बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा मृत्यु भएको छ ।

रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

दाङबाट बुटवल फर्कदै गर्दा गएराति साढे ९ बजेतिर ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनी घाइते भएका थिए । घाइते भएपछि बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६ बजे बन्जाडेको मृत्यु भएको नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जीसीले जानकारी दिए ।

दाङमा घाइते अपाङ्गहरुको बैठकमा सहभागी भएर फर्किंदै गर्दा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शहिद स्मृती प्रतिष्ठान बुटवलका अध्यक्ष समेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हुन् । उनी अखिल (क्रान्तिकारी)को पूर्व महासचिव समेत हुन् । ५५ वर्षीय बन्जाडेको निधनमा पार्टीले शोक सभा गरेर अन्त्येष्टि गर्ने संयोजक जीसीले बताए ।

अर्घाखाँचीको धारापानीमा जन्मिएका बन्जाडे हाल बुटवलको जीतगढीमा बस्दै आएका थिए । उनको श्रीमती, १ छोरा र १ छोरी छन् । नेकपा खारेज भएर माओवादी केन्द्र व्युँतिएपछि बन्जाडे पार्टीको काममा अत्यधिक सक्रिय भएका थिए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?