+
+

पाँचथर कांग्रेसको सभापतिमा संस्थापन समूहका रुपनारायण विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते ११:५६

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाँचथर जिल्लाको सभापतिमा रुपनारायण जवेगु निर्वाचित भएका छन् ।

मंगलबार राति सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणाम अनुसार संस्थापन समूहका जवेगु सभापतिमा विजयी भएका हुन् । उनले ६३४ मत पाए भने अर्का प्रतिस्पर्धी सुरेन्द्रकुमार दाहालले ४१६ मत पाएको निर्वाचन समितिले जनाएको छ । जिल्ला सभापतिमा विजयी जवेगु यसअ कार्यसमिति सचिव थिए ।

जिल्ला कार्यसमितिको उपसभापतिमा डिकेन्द्र चेम्जोङ र वृजहाङ आङदेम्बे निर्वाचित भएका छन् । चेम्जोङले ४५१ मत पाएका छन् भने आङदेम्बेले ६२५ मत पाएका छन् ।

त्यस्तै दुई सचिवमा डेकेन्द्र तामाङ र दिपक नेपाल विजयी भएका छन् । तामाङले ४७० र नेपालले ५२७ मत पाएका छन् । सहसचिवमा गजेन्द्र राई र सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?