+
+

‘एक भिलेन रिटर्न्स’मा आफैं स्टन्ट गर्दैछिन् दिशा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १२:१४

८ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री दिशा पटानी आफ्नो आगामी चलचित्र ‘एक भिलेन रिटर्न्स’का कारण चर्चामा छिन् । यो चलचित्रमा उनी बोल्ड अवतारमा देखिँदैछिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसमा उनी निडर र एक्सन लेडीको भूमिका निभाएकी छन् भने चलचित्रमा आफैं स्टन्ट समेत गर्दैछिन् । त्यसका लागि दिशा स्टन्टको कडा तालिम गरिरहेकी छन् ।

मोहित सुरीको निर्देशनमा टी–सिरिज र बालाजी टेलिफिल्म्सले निर्माण गरिरहेको यो चलचित्रमा दिशाका साथै जोन अब्राहम, अर्जुन कपूर र तारा सुतारियाको मुख्य भूमिका रहनेछ ।

एक्सन थ्रिलर जनराको यो चलचित्र ‘एक भिलेन’को सिक्वेल हो । ‘एक भिलेन रिटर्न्स’ आगामी जुलाई ८ मा रिलिज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?