
८ मंसिर, पर्वत। प्रहरीले १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलजला गाउँपालिका-४ बस्ने २८ वर्षीय बिष्णु आचार्य रहेका छन् ।
मोबाइलमा अश्लिल भिडियो ती किशोरीलाई देखाई यौन दुर्व्यहार गर्दै एकान्त ठाउँमा लगी बालयौन दुरुपयोग गरेको सूचनाको आधारमा सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4