+
+

प्रभासले लिन्छन् १५० करोड पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १३:२०

८ मंसिर, काठमाडौं । भारतमा केही वर्षदेखि बलिउडका मात्र नभएर साउथ अभिनेताहरुको क्रेज समेत ह्वात्तै बढेको छ । उनीहरुमाथि करोडौं लगानी गरेर चलचित्र बनाउन निर्माताहरु लालयित हुन्छन् ।

चलचित्र ‘बाहुबली र बाहुबली २’ रिलिज भएपछि साउथ स्टार प्रभासको क्रेज निक्कै बढ्यो । उनका चलचित्रले भारतका अधिकांश राज्यमा प्रभाव जमाउन थाले । यसैले उनीमाथि करोडौं लगानी गरेर चलचित्र बनाउन निर्माता तम्सिएका छन् ।

प्रभासका प्रशंसकहरु महाराष्ट्र, दिल्ली, तमिलनाडु, आन्ध्र प्रदेश, कर्नाटक, केरलामा पनि लाखौको संख्यामा छन् । उनका ‘राधे श्याम’, ‘सालार’, ‘आधीपुरुष’, ‘प्रोजेक्ट के’ र ‘स्प्रिट’ रिलिजको तयारीमा छन् ।

यीमध्ये अधिकांश चलचित्र बलिउड निर्माता भुषण कुमारका छन् । भुषण चलचित्र ‘राधे श्याम, आधीपुरुष र स्प्रिट’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने तयारीमा छन् । तर, एकपछि अर्को चलचित्रमा प्रभाससँग काम गर्न भुषणलाई सहज भने छैन ।

भारतीय मिडियाका अनुसार, प्रभासले चलचित्र ‘स्प्रिट’का लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् । उनले चलचित्र ‘आधीपुरुष’का लागि पनि यति नै पारिश्रमिक लिएका थिए ।

योेसँगै प्रभास सबैभन्दा महंगो पारिश्रमिक लिने भारतीय अभिनेता बनेका छन् । यसअघि सलमान खानले चलचित्र ‘सुल्तान’का लागि सय करोड माथिको पारिश्रमिक लिएका थिए । यस्तै, अक्षय कुमारले चलचित्र ‘बेल बटम’का लागि पनि सय करोड भन्दा बढी पारिश्रमिक लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?