+
+

नग्न तस्वीर लिक भएको घटनाले विक्षिप्त हुन्छु : जेनिफर लरेन्स

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १८:२०

८ मंसिर, काठमाडौं । हलिउड अभिनेत्री जेनिफर लरेन्सले जीवनमा अत्यन्तै डर लागेको क्षणका विषयमा कुरा गरेकी छन् । जीवनमा घटेका दुई घटनाले आफूलाई सधैं तनाव हुने उनले बताएकी छन् ।

एक अन्तर्वार्ताका क्रममा जेनिफरले आफ्नो नग्न तस्वीर ह्याकरले इन्टरनेटमा लिक गराएको घटनामा आफू सधैं दुःखी हुने बताइन् । सन् २०१४ मा उनको निजी तस्वीर इन्टरनेटमा लिक भएको थियो । अन्तर्वार्ताका क्रममा उनले भनेकी छन्, ‘मेरो सहमति विना कसैलाई पनि मेरो नग्न तस्वीर हेर्ने अधिकार छैन । त्यो घटना सधैं मेरो मनभित्र गढेको छ ।’

जेनिफरले जीवनमा घटेको अर्को एक घटनाले पनि आफूलाई त्यसबेला कमजोर बनाएको बताएकी छन् । सन् २०१७ मा आफ्नो घर लुइसभिल्लेबाट न्युयोर्क जाँदा आफ्नो निजी विमानको इन्जिन फेल हुँदा अत्यन्तै डराएको उनले सुनाइन् । त्यसपछि हरेक पटक विमानमा सवार हुँदा त्यही घटनाको याद आउने उनले स्मरण गरिन् । उनले अगाडि भनिन्, ‘हामी सब मर्नेवाला थियौं । मैले त्यसबेला आफ्नो परिवारलाई धेरै सम्झिएँ ।’

जेनिफरका अनुसार उनको निजी विमान घर लुइसभिल्लेबाट न्युयोर्क गइरहेको थियो । आकाशमा उडिरहेको बेला विमानमा जोडदार आवाज आएको र चालकले इन्जिन खराब भएको भन्दा आफू एकदमै डराएको उनले बताइन् । त्यसबेला आफूले मृत्युलाई नजिकबाट देखेको उनले उल्लेख गरेकी छन् । ‘त्यतिबेला मैले आफ्नो कंकाल मात्रै बचेको महसुस गरें,’ उनले भनिन् ।

जेनिफरका साथ विमानमा उनका दुई जना भाइ र डाक्टर पनि थिए । विमानलाई नियागरा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएपछि भने आफूले लामो सास फेरेको उनले बताइन् । उनले भनिन्, ‘रनवेमा फायर ट्रक र एम्बुलेन्स तयारी अवस्थामा थिए । भाग्यवश सबै ठीक भयो र सबै जना बाहिर आउन सफल भयौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?