+
+

मोरङ कारागारका चौकीदारसहित आठ कैदीको सरुवा

मोरङ कारागारका चौकीदार कार्तिक कामतसहित ८ जना कैदीको सरुवा भएको छ । कामत गत कात्तिक २४ गते चौकीदार नियुक्त भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १९:००

८ मंसिर, विराटनगर । मोरङ कारागारका चौकीदार कार्तिक कामतसहित ८ जना कैदीको सरुवा भएको छ । कामत गत कात्तिक २४ गते चौकीदार नियुक्त भएका थिए ।

तर अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गुन्डानाइके अभिषेक गिरीलाई मोरङ कारागारमा ल्याउन सहमति नदिएपछि उनीसहित ८ जनाको सरुवा भएको कारागार स्रोतको भनाइ छ ।

सप्तरी कारागारमा रहेका गिरीको मोरङ कारागारमा सरुवा भएको थियो । तर उनलाई मोरङ ल्याउन कार्तिकले सहमति नदिएपछि उनीसहित ८ जनाको सिन्धुली सरुवा भएको कारागार व्यवस्थापन विभाग स्रोतको भनँइ छ ।

मोरङ कारागारका चौकीदार कार्तिक कामत, सिटी नाइके युवराज परियार, वडा नाइके रितेश कामतसहित जेल प्रशासनमा रहेका मौसम चौधरी, विजय कामत, विकास महतो, लोकेन्द्र परियार र देवराज मण्डलको सिन्धुली सरुवाको निर्णय भएको कारागार व्यवस्था विभाग स्रोतले जानकारी दिएको छ ।

मोरङ कारागार भित्रबाट विराटनगर बजार क्षेत्रमा गुण्डागर्दी गरेको र कैदीबन्दीलाई यातना दिएको भन्दै गिरीलाई मोरङबाट २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो ।

गत भदौ १७ गते डिल्ली बजारबाट गिरीको मोरङ सरुवा भएको थियो । उनलाई कात्तिक १६ गते विराटनगर कारागारमा ल्याए पनि कैदीबन्दीले प्रवेश नदिएपछि उनलाई त्यसै दिन सप्तरी कारागार लगिएको थियो ।

मोरङमा प्रवेश नपाएपछि गिरीकै योजनामा कात्तिक २४ गते मोरङ कारागारमा झडप भएको र तत्कालिन चौकीदार किरण गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।

झडपपछि गुरुङसहित १४ जना नाइके तथा भाइनाइके कैदीबन्दीलाई झुम्का, झापा र इलाम कारागारमा स्थानान्तरण गरेर कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?