
काठमाडौं । सामसुङ मोबाइल कम्पनीले सञ्चालन गरेको उपहार योजनाको तेस्रो लक्की ड्र घोषणा गरिएको छ ।
सामसङको फेसबुक पेजमार्फत २१ जना विजेताको सिरियल नम्बर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । सामसङले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म उपहार योजना सञ्चालन गरिरहेको छ । उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्ने सामसङले जनाएको छ ।
७ मंसिरमा घोषणा गरिएको यस लक्की ड्रमा नोभेम्बर १३ देखि १९ गतेसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ ।
५ ग्राम सुनको सिक्का जित्ने अवसर यही नोभेम्बर ३० सम्म कायमै रहेकोले सामसङ मोबाइल वा ट्याब खरिद गरि योजनामा सहभागिता जनाउन कम्पनीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4