+
+

नेपालगञ्ज विमानस्थलमा फेरि जनावरसँग ठोक्कियो विमान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते २१:२९

८ मंसिर, काठमाडौं । नेपालगन्ज विमानस्थलको धावनमार्गमा बुधबार साँझ बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा जनावरसँग ठोक्किएको छ । नेपालगञ्ज विमानस्थल स्रोतकाअनुसार सानो खालको जनावरलाई जहाजले अवतरण गर्ने क्रममा किचेको पाइएको छ ।

यसअघि अघिल्लो महिना सीता एयरको जहाजमा बँदेलका बच्चा ठोक्किएका थिए ।

बुधबार साँझ स्यालको बच्चा, बिरालो वा खरायो के थियो भन्ने नखुलेको स्रोतको भनाइ छ । अवतरणका क्रममा जहाजमा भने कुनै समस्या आएन ।

काठमाडौं बाट ७० जना यात्रु लिएर नेपालगन्ज पुगेको यो जहाज साँझ ७ः०५ मिनेटमा अवतरण गरेको थियो ।

जनावरको रगत पखालेर उडान नियमित गरिएको छ । अहिले नेपालगन्ज विमानस्थलमा बढीजसो रात्रीकालीन उडान हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?