+
+

इच्छाशक्तिले बन्यो विश्व कीर्तिमान, यी हुन् संसारकै होचा बडी बिल्डर

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १३:३१

जब मानिसमा इच्छाशक्ति हुन्छ तब जीउको होँचो कदले छेक्दैन । भारतका एक बडी बिल्डरले यहीँ कुरा प्रमाणित गर्दै गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।

आफ्नो होचो कदलाई हतियार बनाएरै उनले विश्व कीर्तिमान कायम गरेका हुन् । होचो वा अग्लो हुनुले मानिसको हौसलामा असर गर्दैन भन्ने कुरा उनले प्रमाणित गरेका छन् ।

प्रतिक भिट्टल नामक २६ वर्षका ती युवाले संसारकै सबैभन्दा होचो बडी बिल्डरको रुपमा आफ्नो नाम गिनिज बुकमा लेखाएका हुन् ।

प्रतिकको शरीरको उचाइ मात्र तीन फिट चार इन्च छ । पहिले त्यहीँ छोटो बामपुड्के कदका कारण उनी मानिसहरूको मजाकको पात्र बन्ने गर्दथे । तर उनले आफ्नो त्यहीँ समस्यालाई शक्तिमा बदले र संसारभर चर्चित भए । त्यसका लागि उनले शारीरिक सुगठनको कडा व्यायाम गर्न थाले । आफ्ना मामाबाट प्रेरणा लिएर अन्ततः उनी अब्बल बडी बिल्डर बन्न सफल भए । वास्तमा उनले १६ वर्षको उमेरदेखि नै व्यायाम सुरु गरेका थिए ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा आवेदन गर्न पनि उनले कम झण्झट भएन । तीन पटक त उनको निवेदन सुरुमै अस्वीकृत भयो । चौथो पटकमा जब उनको निवेदन स्विकारियो, तब उनको नाम गिनिज बुकमा प्रवेश गर्न सफल भयो ।

भारतको महाराष्ट्रमा बस्ने प्रतिक गठिलो जीउ कायम राख्नका लागि स्वस्थ, पोषिलो तथा सन्तुलित भोजनमा जोड दिन्छन् । हरेक दिन २ घण्टा जिमखाना जान्छन् र बेलुकी ३० मिनेट दौडिएर दिनको समापन गर्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?