+
+

‘कठपुतली’ पुस १५ देखि प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १३:५०

९ मंसिर, काठमाडौं । हरर चलचित्र ‘कठपुतली’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र अंग्रेजी नयाँ वर्षको अवसर पारेर आउँदो पुस १५ गते अर्थात् डिसेम्बर ३० तारिखबाट रिलिज हुने भएको छ । तमु ल्होसारको सार्वजनिक बिदा भएकाले यो चलचित्र बिहीबारबाट नै प्रदर्शनमा आउने निर्माणपक्षले बताएको छ ।

सम्पदा मल्लको लेखनमा तयार भएको यो चलचित्रलाई भीमसेन लामाले निर्देशन गरेका हुन् । यो चलचित्रले हालै मात्र अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा २ वटा अवार्ड जितेको थियो ।

यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । पृथ्वी राना मगर निर्माता रहेको यो चलचित्रको कार्यकारी निर्माता सम्पदा मल्ल, सहनिर्माता विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । चलचित्रको पोष्ट प्रोडक्सनको काम लण्डनको स्टुडियोमा गरिएको हो ।

निर्देशक लामाले यो चलचित्र हरर भन्दा विल्कुलै भिन्न रहेको बताए । उनले यो चलचित्रलाई आफ्नो ड्रिम प्रोजेक्ट समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?