
९ मंसिर, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले त्रिभुवन विश्वविद्यालयका आंशिक/करार प्राध्यापकहरुलाई विना प्रतिष्पर्धा स्थायी नगर्न चेतावनी दिएको छ ।
राजनीतिक आडमा त्रिभुवन विश्वविद्यालयमा विभिन्न समयमा आंशिक÷करारमा नियुक्ति भएका प्राध्यापकहरुलाई व्यवस्थापन गर्ने बहानामा मेरिट र प्रतिष्पर्धाभन्दा बाहिर गएर स्थायी गरिए आन्दोलन गर्ने चेतावनी अनेरास्ववियूको छ ।
अनेरास्ववियूले बिहीबार त्रिविका उपकुलपतिलाई ध्यानाकर्षणपत्र बुझाउँदै राजनीतिक आडमा नियुक्ति भएका आंशिक/करार प्राध्यापकहरुलाई स्थायी गर्नका लागि नीतिगत व्यवस्था गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
विश्वविद्यालयको गरिमा विपरीतका गलत कामबाट सिर्जना हुने आन्दोलनको परिणामको भागिदार स्वयं त्रिवि हुने अनेरास्ववियूले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
प्रतिक्रिया 4