+
+

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथा लागू गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १५:०३

९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?