
९ मंसिर, काठमाडौं । सागर लम्साल म्युजिक भिडियोका चल्तीका मोडल हुन् । हास्य सिरियल ‘भद्रगोल’बाट चर्चामा आएका सागरले म्युजिक भिडियोमा पनि आफ्नो नाम बनाए । सागर केही समयदेखि मोडल प्रिज्मा खतिवडाको प्रेममा रहेको चर्चा थियो । उसो त, सागर र प्रिज्माले आफूहरु प्रेममा रहेको खबरलाई स्वीकार भने कहिले पनि गरेनन् ।
तर, पछिल्लो केही महिनादेखि प्रिज्मा र सागर एकसाथ भिडियोमा देखिन छाडेका छन् । सामाजिक सञ्जालमा एकसाथ तस्वीर शेयर गरिरहने उनीहरुले पछिल्लो समय कुनै पनि तस्वीर पोष्ट गरेका छैनन् ।
योसँगै सांगीतिक बजारमा उनीहरुको प्रेममा ब्रेक लागेको चर्चा चल्न थालेको छ । सागर र प्रिज्मा केही महिनाअघि अलग भइसकेको स्रोतले अनलाइनखबरसँग बताएको छ ।
सागर यसै वर्षको फागुनमा विवाह गर्ने बताउँदै आएका थिए । उनको विवाह प्रिज्मासँग नै हुने अड्कल गरिँदै आएको थियो । यही विषयमा कुरा नमिल्दा उनीहरुबीच फाटो आएको स्रोतको दाबी छ ।
सागर र प्रिज्मा आफूहरुको सम्बन्धमा दरार आएको कुरा सार्वजनिक नहोस् भन्ने चाहन्थे । प्रिज्माले पनि पछिल्लो समय ‘ब्रेकअप’को विषयमा नसोध्न सञ्चारकर्मीहरुसँग आग्रह गर्दै आएकी थिइन् ।
सागर र प्रिज्मा अहिले आ–आफ्नै तरिकाले म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ।
प्रतिक्रिया 4