+
+

कांग्रेसको काठमाडौँ क्षेत्र नं-१० का सभापतिमा पुकार महर्जन विजयी

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १५:५५

९ मंसिर, काठमाडौं। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहेका उनले ३२० मत प्राप्त गरेका हुन् ।

यस्तै सचिवमा हरिबहादुर महर्जन २९६, राजु खत्री २५३, सहसचिवमा मिलन विष्ट २२९ र शिशिर महर्जनले २२६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधि खुलातर्फ राजेन्द्रकुमार केसी (राजन), राजकुमार नकर्मी, विकास बस्नेत, दीपेन्द्र आचार्य, अमृका बलामी, श्यामबहादुर कार्की, धर्मराज केसी, ईश्वर लामा, योगेन्द्रकुमार कुँवर र गोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मीदेवी दाहाल रावल, अजितादेवी शर्मा, यशोधा गौतम र मनमैया गिरी, आदिवासी जनजाती महाधिवेशन प्रतिनिधि बद्रीलाल महर्जन, विष्णुमान मानन्धर र चन्द्रबहादुर गोपाली, आदिवासी जनजाती महिला महाधिवेशन प्रतिनिधिमा सिर्जना श्रेष्ठ (सिंह) र यमुनादेवी श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै खस आर्य तर्फ सीता केसी (खड्का) र तारा बुढाथोकी, खस आर्य महाधिवेशन प्रतिनिधि पुरुषतर्फ गणेशबहादुर सुवेदी र राजेन्द्र खत्री र अल्पसङ्ख्यकबाट सुदन महर्जन विजयी भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?