
९ मंसिर, गोरखा । सातौ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय गोरखाले महिला उद्यमीलाई सम्मान गरेको छ ।
उत्कृष्ट महिला उद्यमीको रुपमा गोरखा नगरपालिका–६ मा ओम लेडिज टेलर्स संचालन गर्दै आएकी सविता श्रेष्ठलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।
दिवसको अवसरमा बिहीवार आयोजित एक कार्यक्रमका बिच उद्यमी श्रेष्ठलाई दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए ।
विगत लामो समय देखि लेडिज टेलर्स संचालन गर्दै आएकी श्रेष्ठले कार्यालयले गरेको सम्मानले उद्यम तर्फ उन्मुख हुन थप हौसला प्रदान भएको बताइन् ।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख भुजेलले यस बर्ष जिल्लाका कुल १ सय ३० जनालाई उद्यमशिलता बिकास तालिम प्रदान गर्ने बताए ।
त्यस्तै कोरोना महामारीका कारण रोजगार गुमाएकाहरुलाई लक्षित गरी सिपमूलक तालिम संचालन गर्ने र उद्यमीलाई प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4