+
+

ओलीले नारायणीमा बोटिङ गर्ने कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते ११:४५
नारायणी नदीमा बोटिङ गर्दै एमाले कार्यकर्ताहरु ।

१० मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा आएको बेला ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम तय गरिएको थियो । तर सुरक्षाको कारण देखाउँदै सो कार्यक्रम स्थगित गरिएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘जल पर्यटनलाई प्रवर्द्धन गर्न अध्यक्षले गैंडाकोट तर्फबाट मोटर बोट चढेर महाधिवेशन उदघाटन स्थलमा आउने कार्यक्रम थियो तर सुरक्षाका कारण स्थगित गरिएको छ,’ तामाङले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?